Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : एनएमबि बैंकको उर्जा ऋणपत्र-II निष्काशन खुल्ला

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, ०७ : ३९ मा प्रकाशित

लगानीको अवसर : एनएमबि बैंकको उर्जा ऋणपत्र-II निष्काशन खुल्ला

एनएमबि बैंक लिमिटेडले उर्जा ऋणपत्र -II निष्काशन खुल्ला भएको छ । बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो। 

यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।​

को हो बिक्री प्रबन्धक ?

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त ऋणपत्रमा छिटोमा वैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ४ सम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको