Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १२ : १५ मा प्रकाशित

एनसीसी बैंकको सेयर लिलामीमा, मूल्य कति ?

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एक लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेकाे छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय ३० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा जेठ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

62722e82e21d3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको