Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मर्दीले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १३ : १५ मा प्रकाशित

युनाईटेड इदी मर्दीले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे वैशाख गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बाह्राैँ वार्षिक साधारण सभा जेठ १४ गते, शनिबार आभ्या क्लब, घारीपाटन-१७, पाेखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरणसहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि वैशाख ३० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानुन बमोजिम सेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र मतदान गर्न सक्नेछन्।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62722d8f875fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको