Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी-मर्दीको बिद्युत बिक्रि आम्दानी बढेर १८ करोड नाघ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ५२ मा प्रकाशित

युनाईटेड इदी-मर्दीको बिद्युत बिक्रि आम्दानी बढेर १८ करोड नाघ्यो, अन्य अवस्था कस्तो ?

युनाईटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ११.९८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १८ करोड ६६ लाख ३९ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३८.७५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ४५ लाख ८ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४२ करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ५ करोड २३ लाख ५९ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fef0d70130f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको