Like us!
Follow us!
Connect us!
Watch us!

'पूँँजी बजारको विषयमा राष्ट्र बैंकले नीतिगत रुपमा गर्नुपर्ने काम तत्कालै गर्नेछौँ'

बसन्त पाण्डे

शुक्रबार, २३ बैशाख २०७९, १२ : ३२ मा प्रकाशित

'पूँँजी बजारको विषयमा राष्ट्र बैंकले नीतिगत रुपमा गर्नुपर्ने काम तत्कालै गर्नेछौँ'

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूँजी बजारको सम्बन्धमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने केही भए सो सम्बन्धमा राष्ट्र बैंकले तत्कालै सम्बोधन गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको परिपक्क पुँजीबजार सम्मेलनलाइ सम्बोधन गर्दै मिश्रले धितोपत्र बोर्डका अध्यक्षको पुँजीबजार प्रतिको प्रतिबध्दता देखेर आफू निकै प्रभावित भएको पनि बताए।  

पूँजी बजार परिपक्क भए मात्र पूँजी बजारले सही अर्थमा अर्थतन्त्रको ऐनाको रुपमा काम गर्न सक्ने भन्दै उनले त्यसका लागि सबै सरोकारवालाहरुको साझा प्रतिबध्दताको आवश्यकता रहेको पनि औंल्याएका छन। ठूलो जनसंख्या पुँजीबजारमा संलग्न हुँदै गर्दा पूँजी बजारप्रतिको सचेतना बढाउनु आवश्यक रहेको धारणा व्यक्त गर्दै मिश्रले विदेशमा मेहनत गरेर नेपालमा डलर पठाउने नेपालीहरुलाई उच्च सम्मान गर्नुपर्ने पनि बताए। 

डेपुटी गभर्नर मिश्रले यतिबेला अन्य देशको तुलनामा नेपालमा निक्षेपको ब्याजदर बढी भएकाले गैर आवासीय नेपाली (एनआरएन) हरुलाई नेपाली बैंकहरुमा डलर खाता खोली पैसा जम्मा गरेर उच्चतम ब्याजको लाभ उठाउन पनि आह्वान गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको