Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफको साधारण सभा सम्पन्न, सचिन आचार्य र सीताराम अग्रवाल बने सञ्चालक

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १४ : ३६ मा प्रकाशित

यूनियन लाइफको साधारण सभा सम्पन्न, सचिन आचार्य र सीताराम अग्रवाल बने सञ्चालक

यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौंथो वार्षिक साधारण सभा आज (वैशाख २३ गते, शुक्रबार) सम्पन्न भएको छ ।

टाइगर प्यालेस रिसोर्ट, भैरहवामा सम्पन्न भएको उक्त साधारण सभाले सर्वसाधारणबाट सचिन आचार्य र सीताराम अग्रवाललाई सञ्चालक चुनेको छ ।

त्यस्तै, संस्थापक समूहबाट सुलभ अग्रवाल, सन्दिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल र सीमा गोल्छाले सञ्चालकमा निरन्तरता पाएका छन् ।

कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट लगानीकर्ताहरूका लागि कुनै प्रकारकाे लाभांश प्रस्ताव गरेकाे थिएन । त्यसैले, कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे हात खाली भएकाे छ । 

साधारण सभामा कम्पनीका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभाले लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

यसका साथै, सभामा यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबीच एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने),प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्बन गरी मर्ज हने (गाभ्ने/गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको