Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको नाफा बढ्यो ईपीएस घट्यो, अन्य सूचक के भए ?

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १३ : २० मा प्रकाशित

हिमालयन डिष्टिलरीको नाफा बढ्यो ईपीएस घट्यो, अन्य सूचक के भए ?

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेश्राे त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेश्राे त्रैमाससन्न कम्पनीले ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढाएर ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे थियाे । हिमालयनले ७५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ पुर्‍याएकाे छ । 

त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ९५ करोड ५६ लाख ८९ हजार रुपैयाँबाट बढेर १ अर्ब ९ करोड ६६ लाख रूपैयाँ पुगेकाे छ । 

कम्पनीको खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १६ पैसाले घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ । कम्पनीले ७५ प्रतिशत बोनस सेयर वितरण गरेका कारण प्रतिसेयर आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको