Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १४ : १५ मा प्रकाशित

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । 

बैंकले "११% एल.बि.बि.एल डिबेञ्चर २०८९" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरकाे १ अर्ब रूपैयाँ बराबरकाे १० लाख कित्ता ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११  प्रतिशत रहेको छ । 

उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

उक्त ऋणपत्र अब नियमनकारी निकायहरुकोे स्विकृति पश्चात् निष्कासन गरीनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको