Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको खुद नाफा १९४.५७ % बढ्यो, ईपीएसमा पनि व्यापक सुधार

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १२ : २५ मा प्रकाशित

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको खुद नाफा १९४.५७ % बढ्यो, ईपीएसमा पनि व्यापक सुधार

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
बढ्यो 
कम्पनीको विद्युत बेचेर आम्दानी ४८.११ प्रतिशतले बढाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ९० लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १०  करोड ०६ लाख रुपैयाँ कमाएको थियो। 

खुद नाफा 
बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७९  लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अधिलो समय भन्दा यो १९४.५७ प्रतिशतले धेरै हो। 

लगानी 
छैन 

प्रति सेयर आम्दानी (ईपीएस)
१६.४६ रुपैयाँ 

प्रतिसेयर नेटवर्थ
११२.५७ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
५६.५६ गुणा 


कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

6281f458951e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको