Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयरको पासवर्ड बिर्सिए कसरी रिसेट गर्ने ?

अर्थ संसार

सोमबार, ०२ जेठ २०७९, १४ : ५० मा प्रकाशित

मेरो सेयरको पासवर्ड बिर्सिए कसरी रिसेट गर्ने ?

नेपाल सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले गत भदाैदेखि नै मेरो सेयरको पासवर्ड बिर्सीएमा आफैँले रिसेट गर्न सकिने सुविधा सञ्चालनमा ल्याएकाे छ । धेरैजसाे प्रयोगकर्ताहरूलाई पासवर्ड रिसेट गर्ने प्रकृयाको बारेमा थाहा नहुन सक्छ । त्यसैले आज हामी सोही विषयमा कुराकानी गर्नेछौँ । 

स्टेप १ : सुरूमा https://meroshare.cdsc.com.np/#/login नामक लिङ्क खाेल्ने । त्यसपछि त्यहाँ लग इनकाे तलपट्टी हुने फर्गट याेर पासवर्डमा क्लिन गर्ने ।

नमूना तस्विर 

स्टेप २ : त्यसपछि Reset your Password पृष्ठ खुल्दछ । त्यहाँ तपाईले आफ्नो निक्षेप सदस्य (DP) रोज्ने, युजर नेम राख्ने , मेरो सेयरमा दर्ता भएको इमेल राख्ने र डिम्याट खातामा दर्ता भएको जन्म मिति राख्ने त्यसपछि Send मा क्लिक गर्ने ।

नमूना तस्विर 

स्टेप ३ : अब यदि तपाईँले उपलब्ध गराएको विवरण मेरो सेयर प्रणालीमा हुबहु मिलेमा मेरो सेयर प्रणालीले तपाईँले उपलब्ध गराएको इमेलमा नयाँ पासवर्ड पठाउनेछ । यस्ताे अवस्थामा "New password has been sent to your email" भन्ने सन्देश मेरो सेयर पृष्ठमा देखिनेछ ।

नमूना तस्विर

तर यदि तपाईँले उपलब्ध गराएको विवरण मेरो सेयर प्रणालीमा हुबहु नमिलेमा "The information you have provided doesn't match with the registered information" भन्ने सन्देश मेरो सेयर पृष्ठमा देखिनेछ । यस्तो अवस्थामा दर्ता भएको विवरण रुजू गरी पुन: पासवर्ड रिसेट अनुरोध गर्न सकिन्छ । यदि दर्ता भएको विवरणहरु प्रदान गर्न असमर्थ भएमा आफ्नो निक्षेप सदस्य (DP) लाई सम्पर्क गरी पासवर्ड रिसेट गरिदिन अनुरोध गर्न सकिन्छ ।

स्टेप ४ : त्यसपछि तपाईको इमेल खोल्नुहोस् र चेक गर्नुहोस् । मेरो सेयर प्रणालीबाट पठाईएको पासवर्डको विवरण तपाईको email मा उपलब्ध हुनेछ । साेही पासवर्ड प्रयाेग गरी मेराे सेयर लगइन गर्न सकिन्छ ।

त्यसैगरी, मेरो सेयर प्रणालीबाट निर्धारित सिमाभित्र रहेर मात्रै पासवर्ड रिसेट अनुरोध गर्न सकिन्छ । यदि निर्धारित सिमा भन्दा बढी पासवर्ड रिसेट अनुरोध गरेमा "Maximum forgot password attemped" भन्ने सन्देश मेरो सेयर पृष्ठमा देखिनेछ । यस्तो अवस्थामा , अर्को दिन पासवर्ड रिसेट अनुरोध गर्न सकिन्छ वा आफ्नो निक्षेप सदस्य (DP) लाई सम्पर्क गरी पासवर्ड रिसेट गरिदिन अनुरोध गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको