Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको लाभांश संशाेधन, घट्याे बाेनस

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, ११ : १७ मा प्रकाशित

विन नेपाल लघुवित्तको लाभांश संशाेधन, घट्याे बाेनस

विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडकाे लाभांश संशाेधन गरेकाे छ ।

कम्पनीकाे वैशाख २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । 

यसअघि कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । कम्पनीकाे बाेनस १.६७ प्रतिशतले घटेको हाे । 

कम्पनीकाे साताैँ वार्षिक साधारण सभा जेठ २० गते, श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628333ea28b62.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको