विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभाले कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
यसका साथै, सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू स्विकृत गर्ने, लेखापरिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने, मनोनित सञ्चालकहरूको अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस