Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले माग्याे विन नेपाल लघुवित्तसँग ३ दिने स्पष्टिकरण, सेयर काराेबार राेक्का

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, १४ : २६ मा प्रकाशित

नेप्सेले माग्याे विन नेपाल लघुवित्तसँग ३ दिने स्पष्टिकरण, सेयर काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । संस्थासँग ३ दिने स्पष्टिकरण माग गर्दै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे हाे ।

संस्थाले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको हुनाले यस विषयमा के भएको हो र संस्थाको भनाई के छ भन्ने विषय उल्लेख गरी स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले संस्थाकाे काराेबार राेक्का गरेकाे हाे ।

संस्थाकाे वैशाख २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश संशाेधन गर्दै साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62836235665a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको