Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तले यसरी दियो नेप्सेलाई स्पष्टिकरण, कारोबार फुकुवा

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १७ : १५ मा प्रकाशित

विन नेपाल लघुवित्तले यसरी दियो नेप्सेलाई स्पष्टिकरण, कारोबार फुकुवा

विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले संस्थाकाे काराेबार पनि फुकुवा गरेकाे छ ।

संस्थाले निर्णय गर्दा भुलवस त्रुटी हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त गरी कम्पनीको रोक्का राखिएको धितोपत्रको दास्रो बजार कारोबार सुचारु गरिदिन अनुरोधसहितको पत्र पठाएको हाे ।

यसअघि संस्थाले आवश्यक सूचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको हुनाले यस विषयमा के भएको हो र संस्थाको भनाई के छ भन्ने विषय उल्लेख गरी स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले संस्थाकाे काराेबार राेक्का गरेकाे थियाे । 

संस्थाकाे वैशाख २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश संशाेधन गर्दै साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62862d17104f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको