Like us!
Follow us!
Connect us!
Watch us!

५ इन्स्याेरेन्सले पाए मर्जरमा जान सैद्धान्तिक सहमति

पत्रपत्रिका

बुधबार, ०४ जेठ २०७९, ११ : ४४ मा प्रकाशित

५ इन्स्याेरेन्सले पाए मर्जरमा जान सैद्धान्तिक सहमति

बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसायको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमा गाभिन सम्झौता गरेका छन्।

बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन समितिले मंगलबार सैद्धान्तिक सहमति दिएको कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले बताए।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको पनि उनले जानकारी दिए।

पौडेलका अनुसार ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा मंगलबार सैद्धान्तिक सहमति प्रदान गरेको हो। 

यसअघि, २३ वैशाखमा समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए।

याे समाचार आजकाे काराेबार दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको