Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १२ : ५९ मा प्रकाशित

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको होे ।

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको