Like us!
Follow us!
Connect us!
Watch us!

क्यापिटल मार्केटमा तरङ्ग ल्याउने बजेट आउनेमा पूर्ण विश्वस्त छु : बिनोद चौधरी

बसन्त पाण्डे

विहीबार, ०५ जेठ २०७९, १७ : ३७ मा प्रकाशित

क्यापिटल मार्केटमा तरङ्ग ल्याउने बजेट आउनेमा पूर्ण विश्वस्त छु : बिनोद चौधरी

उद्योगपति तथा सांसद विनोद कुमार चौधरीले सेयर बजारमा धेरै नेपालीको एक तिहाई भन्दा धेरै पुँजी घटेको बताउंदै आउने बजेटले पुँजी बजारलाई एकपटक फेरी तरंगित बनाउने किसिमको वातावरण बनाउने विश्वाश व्यक्त गरेका छन। बजेटमा समेटिनुपर्ने महत्वपूर्ण विषयहरुका बारेमा सुझाव दिने क्रममा संसदमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमार्फत सेयर बजारलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्। 

चौधरीले राष्ट्र बैंकसँग रहेको ५०० अर्ब भन्दा बढी पैसा बजारमा पठाएर तरलताको समस्याको समाधान गरिनुपर्ने बताए। सरकारले पुँजीगत खर्च गर्न पनि नसक्ने अनि राष्ट्र बैंकसँग पैसा थन्किएर बस्दा तरलताको समस्या देखिएको र ७% को हाराहारीमा रहेको ब्याजदर बढेर १५% पुग्नुले मुलुकको आर्थिक विकासमा टेवा नपुर्याउने बताए।  

व्यापार घाटा चुलिँदै गएको र व्यापार घाटालाई सन्तुलनमा ल्याउन १५ हजार मेगावाट बिजुली बजार भाउमा विदेश निर्यात गर्नेगरी विधुत उत्पादन हुनुपर्ने उनले बताए। युवाहरुलाई देशभित्रै राखेर रोजगारी र समुन्नत भविष्य दिनसक्ने वातावरण बनाउनुपर्ने चुनौती अहिले राज्यसामु रहेको बताउँदै उनले आउने बजेट पहिले देखि थाती राखिएका विकास र समृद्धिउन्मुख कार्यक्रमहरु ल्याउन सफल हुने विश्वाश व्यक्त गरेका छन। 

चौधरी नेपाली काँग्रेसमा आवद्द छन। सत्ताको नेतृत्व गरिरहेको दलको प्रभावशाली व्यक्तित्वले पुँजीबजारलाई तरंगित बनाउने बजेट आउँछ भन्नुमा ठूलै रहस्य लुकेको हुनसक्ने विश्लेषण हुन थालिसकेको छ। आसन्न प्रदेश र संघिय चुनावमा सत्ता गठबन्धनको प्रभावकारी उपस्थिति देखाउन  र तरलताको समस्यालाई समाधान गर्न पनि सेयर बजारमा एकपटक फेरी उछाल आउनुपर्छ भन्ने निष्कर्षमा सत्ता गठबन्धन पुगेको भन्ने सूचनाहरु आऊँदै गर्दा चौधरीले दिएको यो अभिव्यक्तिले ठुलो महत्व बोकेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको