Like us!
Follow us!
Connect us!
Watch us!

बजेट प्रस्तुतपछि विनोद चौधरीले भने– ‘बजेट स्वागतयोग्य र आशा जगाउने छ’

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १२ : ५० मा प्रकाशित

बजेट प्रस्तुतपछि विनोद चौधरीले भने– ‘बजेट स्वागतयोग्य र आशा जगाउने छ’

सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट स्वागतयोग्य रहेको बताएका छन् ।

हिजो (सोमबार) सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गरेपश्चात् पत्रकारकर्मीहरुसँग बोल्दै उनले देशको स्रोतसाधन एकदमै कम भएको अवस्थामा पनि सरकारले आशा जगाउने बजेट ल्याएको बताएका हुन् ।

उनले भने,‘देशको स्रोतसाधन एकदमै कम भएको अवस्था केही प्रणाली परिवर्तन गर्न खोजिएको छ । कार्ययोजनाहरू किन छरपष्ट छन् ? किन कार्यान्वयन हुँदैनन् ? पुँजीगत खर्च हुँदैनन् ? त्यसको लागि प्रविधि र व्यवस्थापकीय व्यवस्थाको कुरा आएको छ । त्यो स्वागतयोग्य कुरा हो । त्यसले सार्थकता प्राप्त गरोस् ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको