Like us!
Follow us!
Connect us!
Watch us!

३ वटा हाइड्रोले हकप्रद निष्कासन गर्दै

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १५ : ३३ मा प्रकाशित

३ वटा हाइड्रोले हकप्रद निष्कासन गर्दै

विभिन्न ३ वटा हाइड्राेपावरले हकप्रद सेयर निष्कासन गर्दैछन् । ३ वटै कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्कासन गर्न अनुमति दिएसँगै यी कम्पनीहरूकाे हकप्रद बिक्री प्रक्रिया अगाडि बढेकाे छ  । राधी विद्युत कम्पनी लिमिटेड, बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई आयोगले हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे हाे । 

आयोगबाट हकप्रद अनुमति पाएका ३ वटा हाइड्राेमध्ये एउटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा पनि निवेदन दिइसकेकाे छ ।

राधी विद्युत कम्पनी लिमिटेडले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १:१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

यसैगरी, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगबाट अनुमति पाएकाे हाे ।

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १:१.५ अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रद निष्कासन गर्न आयोगबाट अनुमति पाएकाे हाे । कम्पनीले १:२ काे अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको