Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गाको १४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, ११ : २१ मा प्रकाशित

शाइन रेसुङ्गाको १४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल १ लाख ८० हजार ८ सय ६६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बुटवल -११, कालिकानगर, रूपन्देहीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

6289cc815490d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको