Like us!
Follow us!
Connect us!
Watch us!

कृषि प्रधान देशमा ९ महिनामा गोलभेडा मात्रै ५२ करोडको आयात

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १७ : २१ मा प्रकाशित

कृषि प्रधान देशमा ९ महिनामा गोलभेडा मात्रै ५२ करोडको आयात

चालू आर्थिक वर्ष २०७८÷७९ मा विदेशबाट ५२ करोड  ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।


नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । 


भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ । यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको