Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा पेट्रोल र डिजेलको भाउ ह्वात्तै घट्यो

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, ०८ : ०९ मा प्रकाशित

भारतमा पेट्रोल र डिजेलको भाउ ह्वात्तै घट्यो

भारतमा पेट्रोल र डिजेलको भाउ ह्वात्तै घटेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा अन्तः शुल्कमा भारी कटौती गरेपछि मूल्य घटेको हो । अर्थमन्त्री निर्मला सीतारमणले शनिवार पेट्रोलमा प्रतिलिटर ८ रुपयाँ र डिजेलमा प्रतिलिटर ६ रुपयाँका दरले अन्त : शुल्क घटाउने घोषणा  गरेकी छन् । 

यो कटौतीसँगै पेट्रोलको भाउ प्रतिलिटर ९ रुपया ५० पैसा कम हुनेछ । डिजेलको भाउ पनि प्रतिलिटर ७ रुपैया सस्तो हुनेछ । यसको अर्थ शनिबार मध्य रातदेखि नयाँ दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर १०५ रुपया ४१ पैसा र डिजेल ९६ रुपया ६७ पैसा कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको