Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०६ : ४९ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ  । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकार को नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

नीति  तथा  कार्यक्रम  तयारीका लागि सत्तारूढ गठबन्धन दलका नेताहरूले शनिबार र आइतबार दुई दिन बैठक बसेर सैद्धान्तिक सहमति गरेका थिए । त्यसैका आधारमा नीति तथा कार्यक्रम तय गरिँदै छ  ।

सोही नीति तथा कार्यक्रमका आधार मा  सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । नेपालको संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको