Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद बाँडफाँड सम्पन्न, अन्तिम मूल्य कति ?

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०७ : २६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद बाँडफाँड सम्पन्न, अन्तिम मूल्य कति ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख १९ गतेबाट बैशाख २७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू जेठ ५ गते बिक्री प्रबन्धकको रहोबरमा खोली जेठ ९ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँड गरेको हो । सर्वसाधारण समूहको लालामी सेयर बाँडफाँडको अन्तिम मूल्य ९३६ रुपैयाँ कायम भएको छ । 

सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ १६ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

628c384207a29.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको