Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले पाए बोर्डबाट अनुमति

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ११ : ३७ मा प्रकाशित

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले पाए बोर्डबाट अनुमति

विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका हुन् ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख रूपैयाँ बराबरकाे ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असाेज २० गते सेबाेनमा निवेदन दिएकाे थियाे । सेबाेनले हिजाे (जेठ १० गते, मंगलबार) अनुमति प्रदान गरेकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेड

राप्ती हाइड्रो एण्ड जनरल कन्सर्टक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदाै ८ गते, सेबाेनमा निवेदन पेश गरेकाे थियाे ।  सेबाेनले हिजाे (जेठ १० गते, मंगलबार) अनुमति प्रदान गरेकाे हाे । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको