Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गंगा हाइड्रोले पायाे आईपीओ ल्याउन बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १६ : ५९ मा प्रकाशित

श्वेत गंगा हाइड्रोले पायाे आईपीओ ल्याउन बाेर्डबाट अनुमति

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ कराेड ८२ लाख ५० हजार रूपैयाँ बराबरकाे ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न कार्तिक १० गते, सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले आज (जेठ ११ गते, बुधबार) अनुमति प्रदान गरेकाे हाे । 

 कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको