सस्तोडिलले पुन: सबै भन्दा ठुलो एक हप्ते "Samsung Mela" क्याम्पेन सुरु गरेको छ । यो एक हप्ते क्याम्पेन जेष्ठ १२ देखि सुरु भइ जेष्ठ १८ मा सम्पन्न हुनेछ । यस एक हप्ते योजना अवधिभर samsung को जुनै पनि उपकरण जस्तै मोबाईल फोन, टिभी, वाशिङ मेसिन, आदि भारी छुट्मा पाउनुहुनेछ ।
योजना अवधिभर ग्राहकहरुले samsung को उपकरण खरिदमा रु १०,००० सम्मको छुट भौचर पाउनेछन् । यस संगै ग्राहकहरुको सहजताका लागि सस्तोडिलले एनआइसि एसिया बैंक सँग हातेमालो गरी 0% EMI मा उपकरण लिन मिल्ने सुविधा पनि अघि सारेको छ ।
यसका साथै एनआइसि एसिया बैंक, ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लि। को डेबिटरक्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५% (रु २,००० सम्म) को क्यासब्याक पनि पाउनेछन् भने इसेवा वा खल्ती बाट भुक्तानी गर्दा ५ % (रु २,००० सम्म) छुट पाउनेछन् र यस अफर अवधिभर samsung को उपकरण खरिद गर्ने ग्राहकहरुले नेपाल भरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन् ।
यस क्याम्पेनको समाजिक संजालमा राम्रो प्रतिक्रिया आइरहेको र छुट साथै भौचरहरु क्याम्पेन सुरु भएको केहि समयमै सक्किनेमा सस्तोडिलका हेड अफ मार्केटिङ रितिक शाही विश्वस्त छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस