लगानीकर्ता शिव पौडेलले नबिल बैंक लिमिटेडले ट्याक्स छल्नका लागि अनेकौँ संस्थालाई गाभेर नम्बर वान बन्न खोजेको आरोप लगाएका छन् । नबिल बैंकको विशेष साधारण सभामा सेयरधनीको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, "ल्याउनुहुन्छ भने राम्रो संस्थाहरू ल्याउनुस् जथाभावी संस्था हैन । तपाईहरुलाई ट्याक्समा फाइन हुन्छ भनेर आफ्नो फाइदाको लागि मर्जर र एक्विजीशन गर्दै हुनुहुन्छ यो काम गलत हो।"
बङ्गलादेश बैंकसँगको मर्जर कुनैपनि हालतमा पास हुन नहुने भन्दै उनले बैंकको निर्णयप्रति आपत्ति जनाएका थिए ।
विशेष साधारण सभामा बोल्दै नबिल बैंकले विभिन्न एजेन्डाहरू देखाएर हामी यस्तो गर्छौँ उस्तो गर्छौँ भनेकोमा अर्को संस्थालाई ल्याइसकेपछि वीन वीन कसरी हुन्छ भन्दै बैंकका अध्यक्षलाई प्रश्न गरेका छन् । उनले नबिल बैंकमा कर्मचारी विभेद भएको भन्दै अदालतमा केसहरू पनि गएको स्मरण गराए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस