Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासन गर्न थप २ हाइड्रोले दिए सेबाेनमा निवेदन

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १३ : ४५ मा प्रकाशित

हकप्रद निष्कासन गर्न थप २ हाइड्रोले दिए सेबाेनमा निवेदन

विभिन्न २ वटा हाइड्राेपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् ।  बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने सेबाेनमा निवेदन दिएका हुन् । यी २ वटै कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्कासन गर्न अनुमति दिइसकेकाे छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १:१ काे अनुपातमा २६ कराेड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरकाे २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबाेनमा निवेदन दिएकाे हाे ।कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १५० प्रतिशत अर्थात् १:१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद निष्कासन गर्न जेठ ९ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

629085cb57f17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको