उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्न सरकारलाई अनुराेध गरेका छन् ।
५२ लाख लगानीकर्ताहरूकाे मनाेबल नै राष्ट्रकाे मनाेबल भन्दै उनले लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा एक व्यङ्ग्यात्मक स्टाटस पाेष्ट गर्दै गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही वैशाख महिनामा पूँजी बजारबाट संकलन भएको राजस्वकाे तुलना गरी सबै नीतिले जनतालाई मात्र नोक्सानी नभएर सरकारलाई पनि नाेक्सानी भएकाे बताएका छन् ।
सरकार,
सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही वैसाख महिनामा पूँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ। फेरि अर्को कुरा पूँजी बजारले दिने राजस्वले न त विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ। तसर्थ ढीलो नगरी आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्नुहोस। लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनुहोस। केही कुरा त ५२ लाख DMAT Holder को बारेमा पनि सोच्ने की।
" ५२ लाखको Dmat Holder को मनोबल राष्ट्रकै मनोबल"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस