Like us!
Follow us!
Connect us!
Watch us!

वीरगन्जका मेयरको पहिलो निर्णयः ३० युनिटसम्म बिजुली निशुल्क

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, ०५ : ५३ मा प्रकाशित

वीरगन्जका मेयरको पहिलो निर्णयः ३० युनिटसम्म बिजुली निशुल्क

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगन्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरबासीको विद्युत महसुल रकम पालिकाले व्यहोर्न भएको छ।

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पहिलो निर्णयानुसार मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो।

विद्युत महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए।

यसैबीच सडक विभाग मातहतमा रहेको वीरगन्जको घण्टाघरबाट माइस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउनेसमेत निर्णय गरे।

त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको