Like us!
Follow us!
Connect us!
Watch us!

दुई सातापछि भारतबाट विद्युत आयात रोकिने

पत्रपत्रिका

आइतबार, १५ जेठ २०७९, ०६ : २९ मा प्रकाशित

दुई सातापछि भारतबाट विद्युत आयात रोकिने

नदीमा जलप्रवाह विस्तार भएसँगै विद्य्त् उत्पादन बढेको छ । हाल दैनिक साढे २८ हजार मेगावाट/प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  दैनिक ३४ हजार  मेगावाट/प्रतिघन्टा रहेको छ  । विद्युत् उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् पनि घटाउँदै लगेको छ  ।  सुक्खायाममा दैनिक १२ हजार मेगावाट/घण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय पाँच हजार मेगावाट/घण्टामा सीमित भएको छ ।

पछिल्लो  साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि देशभित्रकै आयोजनाको विद्युत् उत्पादन बढ्दो छ । यसकै कारण आयात पनि कम गरे पुग्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता सुरेशबहाद्ुर भट्टराईले जानकारी दिए । 

प्राधिकरणको पछिल्लो विवरणअनुसार शुक्रबार ३३ हजार ८९६ मेगावाट÷घण्टा  विद्युत्  माग  भएकामा  पाँच  हजार  ७५  मेगावाट/घण्टा  मात्र  आयात भएको छ । विद्युत्को उच्चतम माग सो दिन एक हजार ६४३ मेगावाट छ  ।  सो  माग  पूरा गर्न नेपाल विद्युत्  प्राधिकरणका आफ्नै आयोजनाबाट १० हजार ४८७ मेगावाट/घण्टा, प्राधिकरण सहलगानीका आयोजनाबाट छ हजार २१२ मेगावाट/घण्टा विद्युत् उत्पादन भएको छ । त्यस्तै निजी आयोजनाबाट पनि १२ हजार ७२ मेगावाट/घण्टा  विद्युत् आपूर्ति भएको छ । भट्टराईका अनुसार अब बढीमा १५ दिन मात्र विद्युत् आयात गर्नुपर्ने अवस्था छ । “त्यसपछि हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभएर बचत हुन्छ । अब दुई साताजति आयात गर्नुपर्ला,  त्यसपछि  प्राधिकरण  निर्यात  गर्नेतर्फ लाग्छ,” उनले भने । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको