Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १६ : ५२ मा प्रकाशित

आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरी सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ । 

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले स्यामसुङकाे S22 मोबाइल प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी भएका सेवाग्राहीहरुमध्ये कूल २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । 

सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।  

यो योजना यही जेठ १५ गतेदेखि १५ असारसम्म जम्मा ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको