Like us!
Follow us!
Connect us!
Watch us!

७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा थपिने, कुन आयोजनाबाट कति ?

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०८ : २२ मा प्रकाशित

७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा थपिने, कुन आयोजनाबाट कति ?

आगामी आर्थिक बर्षमा ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा थपिने भएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक बर्षमा विभिन्न निजि तथा सरकारी बिद्युत आयोजनाहरुबाट ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाईनमा जोडिने बताएका हुन् ।

निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन, तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी, ८२ मेगावाटको तल्लो सोलु, ५४ मेगावाटको सुपर दोर्दी “ख”, ४४ मेगावाटको सुपर मादी लगायतका आयोजनाहरूको निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्ष ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको