शेयरबजार निर्दयी हुन्छ । खसी रेटेभन्दा निर्मम तरिकाले रेट्छ l संसारभर शेयरबजारले रेट्नसम्म रेटेको छ र रेटिरहन्छ ।
सन् २०१०/११ मा बंगलादेशका ९ लाख ६० हजार बंगालीलाई रेटेको थियो । एक वर्षको अवधिमा बजार दोब्बर बढेर अर्को वर्ष जहाँको तँही आईपुग्यो । शेयरबाट मालामाल हुन गाउँ गाउँबाट आएका थिए । एकै वर्षमा कंगाल बनाईदियो । कतिले पैत्रिक सम्पत्ति नै गुमाएका थिए । मेरा एकजना मित्र मनिस श्रेष्ठका अनुसार उनका बंगलादेशी मित्र शेयर भन्यो कि आत्तिन्थे ।
शेयरबजारको बारेमा जान्ने ज्ञाता कोही हुन्न । कहिलेकाहीँ अन्दाज मिल्दैमा मैले भनेको थिएँ भनेर फुर्किनु पनि पर्दैन ।
आफ्नो हौशला आफै बढाउने हो अर्काले हैन l अर्काको भर पर्नुहुन्न l जोखिमवहन गर्न सक्ने क्षमता, रकमको स्रोत आदिको आधारमा कारोबार गर्नुपर्छ ।
मूल्य जुनसुकैको जति पनि बढ्न सक्छ जति पनि घट्न सक्छ । बढ्ने र घट्ने नै यसको स्वभाव हो ।
शेयरबजार हल्ला गरे जस्तो सहज छैन । सोझो औंलाले घिउ आउँदन त्यसै भनिएको हैन । शेयरबजारमा त घिउ झिक्नभन्दा बढी औंला बंग्याउनुपर्छ । बाबुको सम्पत्ति त बराबर भाग लाग्दैन भने शेयरबजारले लाभ दिने कुरा फगत मृगतृष्णा मात्रै हो ।
उहिले दूरदर्शनमा एउटा विज्ञापनमा पहिले इस्तेमाल करे फिर विश्वास करे भन्ने नारा आउँथ्यो । त्यसैले विज्ञापनमा भने जस्तै पहिला शेयरबजार बुझ्नुपर्छ अनि मात्रै कारोबार गर्नुपर्छ ।
ज्योति दाहालको फेसबुकबाट:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस