जेनजी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटका लागि गएका एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ।
जिल्ला प्रहरी परिसर,काठमाडौंका अनुसार फेला परेको शव रामेछापको खाडादेवी गाउँपालिका–६ स्थायी घर भई ललितपुर च्यासलमा डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको भएको प्रारम्भिक पुष्टि गरिएको छ। शव नजिकै फेला परेको एनसेलको सिमकार्डको परीक्षणपछि उनीको पहिचान खुलेको हो।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार, रसाइली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा त्यहाँ पुगेको देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस