Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ११ : २७ मा प्रकाशित

चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट (सीएमटी) मा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको हो । 

दिउँसो १२ बजेदेखि सुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आईडिया सहभागी भएका थिए । 

उक्त समयमा एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।

आईडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् । 

प्रस्तुत गरेका आईडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आईडिया इन्क्युबेसनका लागि छनोट भएका छन् । छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई-मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ ।

गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको स्टार्टअप एण्ड आईडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागीताका साथ समापन भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको