Like us!
Follow us!
Connect us!
Watch us!

सफा मौसममामात्र उडान अनुमति दिइने, थुप्रै उडान स्थगित वा रद्द हुनसक्ने

पत्रपत्रिका

बुधबार, १८ जेठ २०७९, ०६ : ३३ मा प्रकाशित

सफा मौसममामात्र उडान अनुमति दिइने, थुप्रै उडान स्थगित वा रद्द हुनसक्ने

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने भएको छ । तारा एयरको विमान आइतबार पोखराबाट मुस्ताङ जाने क्रममा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो ।

प्राधिकरणले हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग (इनरुट)को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता    देवचन्द्रलाल कर्णले तारा एयरको ट्विनअटर विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालेको बताउँदै इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय गरिएको जानकारी  दिए । प्राधिकरणको यस निर्णयले विमान उडानका लागि आकाश सुरक्षित हुने भए पनि थुप्रै उडान स्थगित वा रद्द हुनसक्ने सम्भावना भने बढेको छ ।

उनका अनुसार  यस्तो निर्णय भिजुअल फ्लाइट रुल्स (भीएफआर)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्र लागू हुने छ । यसअघि विमान उड्ने  विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिइन्थ्यो ।  “बादलभित्र  छिर्न  नदिने  निर्णय भएको छ । नयाँ निर्णयबाट हवाई दुर्घटना कम हुने विश्वास लिइएको  छ,” उनले  भने , “जल तथा मौसम विज्ञान विभागले    
इनरुटको  मौसम सफा भएको  जानकारी दिएपछि मात्र उडान अनुमति दिइने छ ।”  

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको