Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, ११ : ४९ मा प्रकाशित

शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको हिजाे जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे  ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै भनेकाे छ, "कम्पनीको १५ औं तथा १६ औं वार्षिक साधारण सभाको निर्णय बमोजिम जारी गरिएको ३० प्रतिशत हकप्रद शेयरको बाँडफाँड तथा सुचिकरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. २२८६,०८१,२०० हुने र बीमा समितिबाट जारी गरिएको पुंजी सम्बन्धि निर्देशन बमोजिम २०७९ चैत्र मसान्त सम्म कम्पनीको चुक्ता पुँजी रु.२५० करोड पुयाउन कम्पनीको आ.व.२०७७१७८ सम्मको जगेडाकोषमा पर्याप्त रकम भएको र निर्धारित समयभित्रै न्युनतम चुक्ता पुँजी कायम गर्न सकिने भएतापनि बीमा समितिबाट जारी गरिएको जोखिममा आधारित पुँजी सम्बन्धि निर्देशिकाको अध्ययन गरि कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पुँजी सम्बन्धमा कम्पनीले हाल गरिदै आएको विमाकिय अध्ययन/मुल्याकंन बमोजिम आउँदा दिनमा कम्पनीको चुक्ता पूँजीको पर्याप्तता कायम हुने/नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने देखिएको तथा अन्य कम्पनीहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा कम्पनीको अन्य व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्ने/ गाभिने वा प्राप्तिको वातावरण सृजना भएमा सो पश्चात कायम हुने चुक्ता पुँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गर्नु वाञ्छनीय भएकोले बीमा समितिबाट जारी समय सिमा भित्रै चुक्ता पुँजी रु. २५० करोड पुयाउने गरी आ.व.२०७७/७८ सम्मको जगेडाबाट हाललाई लाभांस प्रस्ताव नगर्ने निर्णय गरियो।"

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

629701e7a0f70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको