Like us!
Follow us!
Connect us!
Watch us!

अहिले सेयर किन्दा ‘रिस्क’को तुलनामा ‘रिवार्ड’ धेरै माथि छः मुक्ति अर्याल

लगानीकर्ताको आवाज

विहीबार, १९ जेठ २०७९, ०८ : २५ मा प्रकाशित

अहिलेको अवस्थामा सेयर किन्दा रिस्क भन्दा रिवार्डको अवस्था धेरै नै रहेको बताउछन् सेयर तथा विक्त विश्लेषक मुक्ति अर्याल । अर्थसंसारको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा अर्यालले यस्तो बताएका हुन् । 

‘सेयर बजारमा लगानी गर्दा जोखिम नहुने भन्ने हुँदैन सधै जोखिम त रहन्छ नै तर अहिलेको अवस्थामा लगानी गर्नेहरुले गुमाउने भन्दा कमाउने प्रतिशत बढि देखिन्छ अब बजार घटेर तर झर्ने बिन्दु भन्दा बढेर माथि जाने बिन्दु बढि छ, लगानीकर्ताहरुले जहिले पनि सेयर किन्दा हेर्ने भनेको रिस्क र रिवार्ड नै हो रिस्क भन्दा रिवार्ड माथि हुँदा सेयर किन्न डराउन हुँदैन’ उनले भने । 

‘अहिले सेयर किन्नुको मतलब बजार भोलिबाट नै बढ्छ भन्नु होइन तर यो अवस्थामा सेयर किन्दा सुरक्षित भने भइन्छ भन्ने हो’ उनले भने ‘अहिले धेरै राम्रा राम्रा कम्पनीहरुको सेयर मूल्य अन्डरभ्यालुड छ त्यस्ता कम्पनी हेरेर किन्न सकेमा आगामी दिनहरुमा राम्रै प्रतिफल आउन सक्छ सेयर किन्ने भन्दैमा जथाभावी जुन पायो त्यहि कम्पनीको सेयर किन्यो भने बजारबाट नकमाउने पनि संभावना हुन्छ ।’ 

सरकारले हालै जारी गरेको बजेट वितरणमुखी भएको उनको तर्क छ । बजेटमा पूँजीबजारलाई जसरी समेटिएको छ त्यो सकारात्मक भएपनि पर्याप्त भने नभएको बताउछन् उनि । ‘बजेटमा आएका कुराहरुपनि कति कार्यन्यन हुन्नछन् हेर्न बाँकि नै छ’ उनले भने ।   

अर्यालसंग गरिएको भिडियो कुराकानी:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको