Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको गलत नीतिले लगानीकर्तालाई सडकमा ल्यायो

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १६ : ३६ मा प्रकाशित

राष्ट्र बैंकको गलत नीतिले लगानीकर्तालाई सडकमा ल्यायो

प्रतिनिधिसभामा सांसदहरुले सेयरबजारको बारेमा आवाज उठाउन थालेका छन्। करिब १० महिनाअघि ३२२७ को बिन्दुमा पुगेको नेप्से परिसूचक  उच्च अंकले घटेर २१०० को लाईनमा आइसकेको छ। यसरी सेयर बजारमा ठूलो अंकको गिरावट आएपछि राष्ट्र बैंकको अव्यवहारिक नितीका कारण सेयर बजारका लगानीकर्ताहरु प्रताडित हुनुपरेको भन्दै सांसदहरुले सरकार र राष्ट्र बैंकलाई पुँजीबजार मैत्री नीति अङ्गाल्न सुझाव दिएका हुन्।  

आज नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताहरु सडकमा आउनुपर्ने स्थिति बनेको बताउँदै सो नीतिलाई संशोधन गर्न माग गरिन्। 'अहिले ५२ लाखले डिम्याट खाता खोलेर बजारमा लगानी गर्नुभएको छ भने १० देखि १५ लाख लगानीकर्ता दोश्रो बजारमा कारोबार गर्नुहुन्छ। राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा आउने स्थिति बनाएको छ। माननीय अर्थमन्त्रीज्यू मार्फत राष्ट्र बैंकको नीति संशोधन गर्न अनुरोध गर्दछु।' सांसद भुषालले भनिन्। 

राष्ट्र बैंकले सेयर धितोकर्जामा ४ /१२ करोडको क्याप लगाउने नीति लिएसंगै ओरालो लाग्न थालेको सेयर बजार १० महिनाको अवधिमा ११०० अंक भन्दा धेरैले घटिसकेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको