Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटक आगमन ७५ प्रतिशतले ‘रिकोभर’, पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, ०६ : ५४ मा प्रकाशित

पर्यटक आगमन ७५ प्रतिशतले ‘रिकोभर’, पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।

 

पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको