Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सी, एक महिनामै ५ कराेड ठगियाे

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १२ : १६ मा प्रकाशित

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सी, एक महिनामै ५ कराेड ठगियाे

वैदेशिक रोजगारीका नाममा कन्सलटेन्सीहरूकाे ठगी बढ्दै गइरहेकाे छ । नेपालमा शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना बारम्बार दाेहाेरिन्छन् । वैदेशिक रोजगार विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनहुँ बढिरहेको छ  । 

हालै मात्र इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रा.लि. र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले एक महिनामा १४४ जनाबाट साढे ४ करोड रूपैयाँ उठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर भएकाे विभागले जानकारी दिएकाे छ । विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार अहिले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थामध्ये तीन वटाविरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरिएको छ । 

एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्यक्तिगतसहित पछिल्लो एक महिनामा ४ करोड ९३ लाख रूपैयाँ दाबी र सोको हर्जनासहित सात करोड रूपैयाँका बराबरको मुद्दा दायर गरिएको उनी बताउँछन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशिलता नीति अपनाउने बताएका छन् ।

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन विभागले बारम्बार आग्रह गराउँदै आएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको