Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटकको अफ सिजन सुरु हुँदै, घुम्न आउनेकाे संख्या घट्याे

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १७ : १५ मा प्रकाशित

पर्यटकको अफ सिजन सुरु हुँदै, घुम्न आउनेकाे संख्या घट्याे

सन् २०२२ अप्रिलमा पर्यटकको संख्या मे को तुलनामा घटेको छ । सन् २०२२ मे मा ५८३४८ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने अप्रिलमा उक्त संख्या घटेर ५३६०८ पर्यटक नेपालमा भित्रिएका थिए। 

मे को तुलनामा अप्रिलमा पर्यटकको संख्या घटेको हो । सन् २०१९ अप्रिल को तुलनामा ७४.३% सुधार देखिएको हो भने २०२१ को तुलनामा १५९.९०% ग्रोथ देखिएको छ । 

२०२१ को पहिलो ५ महिनामा नेपालमा १९०६९७ जना पर्यटक नेपालमा भित्रिएका थिए। 

नेपालमा कोरोना अवधि अगाडि उल्लेख्य रूपमा चीनबाट पर्यटकहरू भित्रिने गर्दथे। कोरोना अवधिसँगै चिनियाँ हवाई सेवा प्रत्यक्ष सञ्चालनमा बन्द भएको थियो। अहिले हवाई सेवा सञ्चालन हुन नसक्दा आउन सक्ने पर्यटकको संख्या वृद्धि हुन नसकेको पर्यटन ब्यबसायी बताँउछन्। 

नेपालका होटेल व्यवसायी सँग कुरा गर्दा अहिले होटलमा भारतिय पर्यटकको संख्या उच्च रहेको बताउँछन् । कोरोनासँगै बन्द भएका होटेलहरु बिस्तारै क्रमिक सुधारको चरणमा छन् ।  पर्यटनको सिजनमा पर्यटकको संख्या वृद्धि हुनु र घर बसिरहेका नेपालीहरु आन्तरिक पर्यटनलाई सक्रिय हुँदा होटेलहरु ६०% सम्म भरिभराउ रहेको एक होटेल व्यवसायीले बताए । अब पर्यटनको अफ सिजन सुरु हुँदै गर्दा उक्त संख्यामा कमी आउने हो कि भन्ने विषयमा उनीहरू चिन्तित देखिन्छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको