Like us!
Follow us!
Connect us!
Watch us!

सेवा सुस्त, बिदा मस्त: कर्मचारीलाई १६१ दिन काम, २०४ दिन बिदा !

पत्रपत्रिका

शनिबार, २१ जेठ २०७९, ०८ : २७ मा प्रकाशित

सेवा सुस्त, बिदा मस्त: कर्मचारीलाई १६१ दिन काम, २०४ दिन बिदा !

सरकारी कर्मचारीले वर्षको ३ सय ६५ दिनमा कति दिन काम गर्लान् ? लाग्न सक्छ, आधा वर्ष त पक्कै गर्छन्। तर, सरकारी बिदाको तथ्यांकलाई हेर्दा १२ महिनामा झन्डै ७ महिना अर्थात् १६१ दिन बिदै बस्छन्। 

सार्वजनिक कार्यालयहरूको सेवा प्रवाह भने अति सुस्त अर्थात् ढिलासुस्तीयुक्त छ। सर्वसाधारणलाई सेवा लिन सहज छैन। कार्यालय लागेका दिन पनि अधिकांश कार्यालयका प्रायः कर्मचारी दत्तचित्त भएर काम गरेको पाइँदैन। त्यसमाथि इन्धन जोगाउने बहानामा सरकारले आइतबार पनि बिदा थपिदिएको छ। 

कर्मचारीलाई बिदैबिदा दिँदा राज्यलाई के फाइदा होला ? नागरिक प्रश्न गर्छन्। तर, यसमा सरकारले केही बबिबनाउ उत्तर तयार पारेको छ– तेलको खपत घट्छ। सरकारी खर्च कटौती हुन्छ। यसलाई नै आधार मान्दै सरकारले जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिन थालेको हो। तर, त्यसभन्दा ठूलो कुरा कर्मचारीले अचाक्ली बिदा पाउँछन्। सेवाबिनै सुविधा भने नागरिकको करबाटै जान्छ। 

कर्मचारीले अब शनिबार र आइतबार गरी १०४, बिरामी १२, पर्व ६ र भैपरी आउने बिदा ६ दिन पाउँछन्। यस्तै चाडपर्व र दिवसका नाममा सार्वजनिक बिदा त छँदै छन्। यो वर्ष मात्रै कम्तीमा ३१ वटा बिदा राजपत्रमा प्रकाशित छ। असाधारण बिदा र अध्ययन बिदा पाँच वर्षसम्म पनि पाउने व्यवस्था छ। असाधारण बिदा पनि तीन वर्षसम्म पाउने व्यवस्था निजामती सेवा ऐनमा छ। बेतलबी रूपमा पाँच वर्षसम्म कर्मचारीले बिदा पाउने व्यवस्था छ। 

अन्नपुर्ण पोष्टमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको