Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्से

शनिबार, २१ जेठ २०७९, ०८ : ३३ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

१) सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल स्टक एक्कसचेन्ज(नेप्से) का  अनुसार मंगलबार नेप्सेमा सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस बापतको एक लाख ९८ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

२) नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेपाल स्टक एक्कसचेन्ज(नेप्से) का  अनुसार मंगलबार नेप्सेमा नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे २२ लाख ८२ हजार ४ सय ५० दशमलव ६१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

३) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल स्टक एक्कसचेन्ज(नेप्से) का  अनुसार बुधबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ७५ हजार ९ सय ८२ दशमलव ५९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीकाे वैशाख ११ गते सम्पन्न भएकाे बीसाैँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको