Like us!
Follow us!
Connect us!
Watch us!

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली (फोटोफिचर)

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १० : २३ मा प्रकाशित

वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली (फोटोफिचर)

आज जुन ५, २०२२ का दिनमा मनाइने विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्तानाराका साथ साईकल र्यालीको आयोजनागरी सम्पन्न गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरुलाई इन्धन वचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा संवोधन गरे पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल ¥यालीमा बैंकका सस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापनतहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । 

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवातजावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवतजावत तथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल र्यालीमार्फत वातावरण संरक्षण तथाइन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ । 

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “Save Fuel Challenge” भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने बैंकले जनाएको छ ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इट्टा थप्ने उद्देश्यले “इन्धन वचाउ पृथ्वी वचाउ” “साईकल चलाउ ईन्धन बचाउ” भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साईकल र्‍यालीमा सम्पूर्ण व्यक्तिहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।

629c45504fd42.jpg 629c4553644ba.jpg 629c4557e6d41.jpg 629c455be5bd5.jpg 629c4568e898d.jpg 629c456939ea8.jpg 629c456942064.jpg 629c45697b2fc.jpg 629c456984b21.jpg 629c4569b72f7.jpg 629c4569f126c.jpg 629c4569f3c3b.jpg 629c456a3e5ed.jpg 629c456a40dd0.jpg 629c456a7bfb7.jpg 629c456a80e59.jpg 629c456ab7a0d.jpg 629c456aba05f.jpg 629c456af3d62.jpg 629c456b025f6.jpg 629c456b270ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको