Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १७ : २४ मा प्रकाशित

एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका बिरुवा रोपेको छ । उक्त सामुदायीक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ बिरुवा रोपिएको हो ।

उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । वातावरणीय संरक्षण प्रवद्धनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ । 

यस योजनामार्फत ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको