Like us!
Follow us!
Connect us!
Watch us!

बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको ठाडो निर्देशन

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १३ : ०० मा प्रकाशित

बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको ठाडो निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले पूँजी बजारमा देखिएका समस्याहरु समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई ठाडो निर्देशन दिएका छन् । आज नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल नेतृत्वको लगानीकर्ताहरुको टोलिसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । 

"बजारका समस्याहरुका बारेमा प्रधानमन्त्री ज्यूलाई जानकारी गराँउन गएका थियौँ, प्रधानमन्त्रीज्यूले हाम्रै अगाडी गभर्नरलाई ज्यूलाई फोन गरेर बजारका देखिएका समस्याहरु तत्काल समाधान गर्न निर्देशन दिनु भएको छ" अध्यक्ष पोखरेलले भनिन् "भोलि गभर्नरलाई भेट्ने कार्यक्रम तय भएको छ यदि गभर्नर ज्यूले हाम्रो मागहरु सम्बोधन र सुनुवाई गर्नु भएन भने हामि पून प्रधानमन्त्रीलाई भेट्ने छौ ।"

प्रधानमन्त्री र एनपिएल पदाधिकारीबीच भेट, बजार विकासलाई बुझाए ४ बुँदे माग

भेटमा लगानीकर्ताहरूले सेयर धितो कर्जामा लगाइएको ४ १२ को क्याप पूर्ण रूपमा खारेज गर्ने, CCD लाई  CD मा कायम गरिएकाेमा यसलाई खारेज गरी पून: CCD नै कायम गर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पूरानै भारित औषत दर १०० कायम गर्ने, पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग समावेश गरिएको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको