Like us!
Follow us!
Connect us!
Watch us!

यो अन्तिम लडाईँ हो, पूँजीबजारको विकास र विस्तारका लागि ज्यान दिन तयार छुः तिलक कोईराला

लगानीकर्ताको आवाज

सोमबार, २३ जेठ २०७९, ०७ : ४१ मा प्रकाशित

पूँजीबजारको विकास र विस्तारका विभिन्न १९ बुँदे माग सहित आमरण अनसनको घोषणा गरेका लगानीकर्ता तिलक कोईरालाले पूँजी बजारको विकास र विस्तारका लागि गरिन लागेको यो लडाईँ नै अन्तिम लडाईँ हुने बताएका छन् । 

अर्थसंसारको नियमित कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा कोईरालाले भने ‘अब यो हाम्रो अन्तिम लडाईँ नै हो, अब उधारो सम्झौतामा हामि बहकिने वाला छैन हाम्रा बजारको विकास र विस्तारका लागि राखिएका मागहरु पुरा नहुँदा सम्म हाँमि पछाडि हट्ने अवस्था आँउदैन ।’ 

सधै तपाईहरु किन बजार घट्दा मात्र आन्दोलन अनशन बस्नुहुन्छ के यो आन्दोलन बजार बढाढनका लागि हो त भन्ने प्रश्नमा कोईरालाले भने ‘विगतमा म दोस्रो पटक आमरण अनशन बस्ता बजार बढ्दो क्रममा थियो त्यो बेला बजार घटाउनलाई अनशन बस्यो भनेर पनि आरोप लगाईयो, तर हाम्रो मूल माग भनेको बजार घटोस् वा बढोस् भन्ने कुरा सरकार र नियमनकारी निकायहरुको चासोको बिषय बन्नै हुँदैन, हामि सेयर मूल्य बढाउने र घटाउने खेल हुन्छ विभिन्न निकायहरु बाट नै त्यसका बिरुद्धमा छौ र यो आन्दोलन पनि त्यसकै विरुद्धमा हो । ’

बजारको विकासका लागि अहिले स्थिरखालको नीति, नियम, प्रविधि र पुर्वाधारको खाँचो रहेको कोईरालाको तर्क छ । उनै कोईरालासंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको